तराईका विभिन्न जिल्लाहरुमा आज (चैत १२ गते) धुमधामका साथ होली पर्व मनाइँदै छ । आइतबार पहाडी क्षेत्रमा मनाइएको होली पर्व आज सोमबार भने तराई तथा मधेसका जिल्लाहरुमा मनाउन लागिएको हो । पूर्णिमाको दिन होलीका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा आज फागु पर्व मनाईँदैछ ।
होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने आइतबार सार्वजनिक विदा थियो ।

प्रतिक्रिया दिनुहोस !