नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार (चैत २५ गते) छापावाल सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !