सुनको भाउ दिन दिनै उकालो लाग्दै छ र हिजो मात्र तोलामा ३ हजारले बढेको सुनको भाउमा आज पनि वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ प्रतितोला ६०० सय रुपैयाँले बढेर १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।
आइतबार ९चैत २५ गते० छापावाल सुन तोलाको १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १६ सय ७० रुपैयाँ थियो ।

 

प्रतिक्रिया दिनुहोस !