बर्दिया निवासी बर्ष ६५ का श्री पुष्कर विश्वकर्माले २०८१ बैशाख ५ गते रामनवमीको दिन
“वातावरण सफा राखौं र स्वच्छ बनौं” भन्ने पवित्र सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८
मिनेट १३ सेकेण्डमा एकल म्याराथन पूरा गर्नु भएको छ । कलंकिबाट विहान ७ बजे शुरु भएको
उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातादोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल,
चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलंकिमा समापन भएको थियो । लायन्स
क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको यो ऐतिहासिक कार्यक्रममा लायन्स
क्लब डिस्ट्रिक ३२५ज् का डिस्ट्रिक गभर्नर लायन शम्भु बहादुर थापाले उक्त म्याराथन शुरु
गराउनुभएको थियो । उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य
सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी कलंकि वृतका प्रहरी नायव निरीक्षक श्री
यम बहादुर थापाको नेतृत्वमा कुशल संयोजन गरिदिनुभएको थियो । म्याराथन शुरु हुनुभन्दा
अगाडि आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले यो कार्यक्रम आयोजना
गरिनुको उद्देश्यको बारेमा स्पष्ट पानुभयो । धावक श्री पुष्कर विश्वकर्माले नियमति व्यायाम
गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने
सन्देश समेत बाँड्नुभएको थियो । म्याराथन सम्पन्न पश्चात गभर्नर लायन शम्भु बहादुर
थापाले धावकलाई यो साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाइ बधाइ तथा शुभकामना
दिनुभयो । आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने कुरा
आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !