वर्षमा औसत १०० मिलिमिटर ९३।९ इन्च० भन्दा कम वर्षा हुने दुबईमा केही दिनदेखि भने अधिक मात्रामा बर्ष भैरहेको छ जसले गर्दा त्याहाको जनजिवन प्रभावित बनेको छ । दुबईबाट १०० किलोमिटर मात्र टाढा रहेको अल–ऐन सहरमा २४ घण्टामा लगभग २५६ मिलिमिटर ९१० इन्च० वर्षा भएको थियो ।

भारी वर्षका लागि न्यून चापीय मौसम प्रणाली, जसले तातो ओसिलो हावालाई तानेर अन्य मौसम प्रणालीलाई ब्लक गर्नु नै प्रमुख कारण रहेको बीबीसीले उल्लेख गरेको छ । लामो समयसम्म वर्षा नहुने र त्यसपछि अनियमित, भारी वर्षा हुने विश्वको यो भागको विशेषता हो । तर पनि यो एक धेरै दुर्लभ वर्षाको घटना भएको युनिभर्सिटी अफ रिडिङका मौसमविद् प्रो मार्टेन एम्बाउमले बीबीसीसँग बताएका छन् ।

मरुभूमिले घेरिएको खाडी क्षेत्रलाई नै डुबाउने गरी भारी वर्ष हुनुको कारण कतिपयले जलवायु परिवर्तनलाई मानेका छन् । तर कतिपयले भने ‘क्लाउड सिडिङ’ बाट गरिएको कृत्रिम वर्षाको कारण नै मरुभूमिमा बाढी गएको बताएका छन् ।

रा.स.स

प्रतिक्रिया दिनुहोस !