नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको उपचारका लागि एनआइसियूको स्तरोन्नति गर्दै १४ वटा नयाँ वेड थप गरिएको छ ।
शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताउनु भयो ।

समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआइसियू वेडहरु थप गरिएको प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले जिकीर गर्नुभयो । ‘यसअघि १० वेडको एनआइसियू थियो ।
एनआइसियूमा बालबालिकाको शरिरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्यूवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युव लगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, स्वासप्रस्वासको गति मापन गर्ने यन्त्रहरु समेत रहेकाले एनआइसियूमा प्रत्येक पल शिशुहरुको निगरानी गरी उपचार गरिन्छ ।

नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्र्याउँन लागेको प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले जानकारी दिनुभयो । कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उहाँले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआईहरु अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !