सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको   नेपाल भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  सरकार प्रवक्ता रेखा शर्माले कतारका राजा अमिर शेखको नेपाल भ्रमणको अवसरमा सार्वननिक बिदा दिने निर्णय गरिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

सरकारले विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सार्वजनिक बिदा दिने गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !