कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीबिच ‘नेपाल–कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना गर्ने सम्झौता भएको हो ।

कतारका राजा थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

परिषद्ले दुई देशबिच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्न कोशेढुंगा बन्ने विश्वास लिइएको छ । तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !