लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार दिउँसो ९२ वर्षको उमेरमा मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको छ । । शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरिएको थियो । नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालका दुई छोरा छन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस !