![](https://palikasamachar.com/wp-content/uploads/2024/05/capture-8.jpg)
भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ ।
ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को संचालक समितिको निर्वाचन कम्पनी ऐन ,नियम तथा प्रा.लि.को प्रवन्धपत्र र नियमावली बिपरित भएको भनी उच्च अदालत पाटनले उक्त साधारण सभा तथा निर्वाचन बदर गरिदिएको हो ।
राजुभाइ लोहला र जागेश्वर गिरी समेतले कम्पनी रजिष्टारको कार्यालयमा गरेको उजुरीका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट निर्णय गर्दै निर्वाचन बदर गरी साविककै गणेशप्रसाद लोहला अध्यक्ष रहेको संचालक समिति कायम गरी सो संचालक समितिबाट उपयुक्त समयमा कानून बमोजिम साधारण सभा गरी बैधानिक संचालक समिति गठन गर्न निर्णय गरेको थियो ।
जसको विरुद्दमा निर्वाचित भनिएका ज्ञानेन्द्र महर्जन समेतले उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा उच्च अदालत पाटनबाट माननिय मुख्य न्यायाधीस नृपध्वज निरौला र श्याम कुमार भट्टराईको इजलाशबाट सुरु सदर अर्थात कम्पनी राजिष्ट्रारको कार्यालयबाट भएको निर्णयलाई सदर हुने गरी फैसला भएको हो ।
उच्च अदालत पाटनको फैसला सँगै लामो अवधि देखि रहेको ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा।लिको बिबाद समाधान भएको छ ।
तथापी निर्वाचित भनिएको संचालक समितिका नाममा बैठक वोलाउने, निर्णय गर्ने गरेको भनि केही ब्यबसायीहरु अदालतको अपहेलना तथा सार्वजनिक यातायातका रुपमा रहेको ब्यबसायीक समितिका आर्थिक कारोवारका बारेमा सम्बन्धित निकायम उजुरी गर्ने र निर्वाचित भनिएका संचालकहरु बिरुद्द कानूनी लडाई लड्ने तयारी गरिरहेको बताएका छन ।