नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । छापावाला सुन एकैदिन प्रतितोला २ हजारले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि कात्तिक १ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।