सेयर बजार आज बिहीबार बन्द हुने भएको छ । छठ पर्वको अवसरमा आज सेयर बजार बन्द हुने भएको छ ।
सरकारले छठका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । साथै, बैंक तथा बीमा कम्पनीहरू पनि खुल्ने छैनन् । सेयर बजार भने शुक्रबार पनि बन्द रहनेछ । अब सेयर बजार आइतबारबाट खुल्नेछ।
छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व मंगलबारदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस !