परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँदिल्ली पुगेकी छन् । बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि परराष्ट्रमन्त्री राणा उतैबाट आज बिहान नयाँदिल्ली पुगेकी हुन् ।
उनी यहि पुसमा हुने प्रधानमन्त्रीको भारत भ्रमणकाे तयारी गर्न दिल्ली गएको बताइएको छ । प्रधानमन्त्री ओलीले यहि पुसमा भारत भ्रमणमा जाने तयारी गरेका छन् । यद्यपी मिती तय भइसकेको छैन ।
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।