बारा जिल्लामा रहेका १६ वटा स्थानीय तहहरु मध्ये बेरुजु हुने पालिकामा पचरौता नगरपालिका तेस्रो स्थान भित्र परेको छ । पचरौताको कुल कारोबारमा १.३५ प्रतिशत मात्र बेरुजु देखिएको छ ।
‘आर्थिक वर्ष २०८०/२०८१ को महालेखा परीक्षणमा बारा जिल्लामा रहेको विकट क्षेत्रको नगरपालिका पचरौता कम बेरुजु भएका पालिकाहरु मध्ये तेस्रो स्थानमा पर्न सफल भएको छ’–नगर प्रमुख जलन्धर सिंहले भन्नुभयो–‘पालिकाले गर्ने खर्चलाई बेरुजु नहुने गरी भुक्तानी गर्ने तथा भुक्तानी भएका योजनाहरुको तत्काल फछ्र्र्याैट गर्ने नियमित कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएकाले गत बर्षको तुलनामा यस बर्ष बेरुजु कम भएको हो ।’
यसैगरी जिल्लामा रहेका स्थानीय तहहरु मध्ये प्रथम प्रसौनी र दोस्रो परवानिपुर कम बेरुजु हुने पालिका हो भने सब भन्दा बढी बेरुजु हुने पालिका आदर्श कोतवाल भएको छ । आदर्श कोतवालको ६.९८ प्रतिशत बेरुजु छ ।










