
शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँ बढेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेर २ हजार ३१० रुपैयाँ भएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८०० र चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।









