लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते (आइतबार) सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

बिदा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यो पर्वमा थारु समुदायका पुरुषहरूले निराहार व्रत बसेर सूर्यको पूजा गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !