सुनको मूल्य पहिलोपटक प्रतितोला दुई लाख नाघेको छ। आजको कारोबारमा अघिल्लो दिनको तुलनामा १,२०० रुपैयाँले वृद्धि भई सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि भदौ १२ र साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३६० रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस !