नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला २ लाख रुपैयाँ नाघेको सुन आइतबार थप ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार प्रतितोला ६५ रुपैयाँले बढ्दै चाँदीको मूल्य २४२५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २३६० रुपैयाँमा कारोबार भएको थियो ।
सुन र चाँदी दुबैमा देखिएको लगातारको वृद्धिले नेपाली बजारमा नयाँ रेकर्ड कायम भएको हो ।










