स्थानीय बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। अघिल्लो दिन १ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मूल्य घटेसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा सीमित भएको छ, जो अघिल्लो दिनको २ लाख ५३ हजार ६ सय रुपैयाँभन्दा कम हो। यस्तै, आज चाँदीको मूल्य भने वृद्धि भएको छ, अघिल्लो दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !