गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण बन्द अवस्थामा रहेको चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो सम्पूर्ण व्यवसायिक गतिविधि पुनः सञ्चालनमा ल्याएको छ। कम्पनीले मंसिर १५ गतेदेखि सबै सेवा तथा सञ्चालनका गतिविधिहरू सुचारु गरेको जानकारी दिएको छ।

कम्पनीका अनुसार क्षति पुगेका संरचनाहरूको आवश्यक मर्मत–सम्भार, भौतिक संरचना तथा उपकरणहरूको प्राविधिक परीक्षण पूरा भएपछि मात्र सञ्चालन पुनः सुरु गरिएको हो। पुनः सञ्चालनसँगै पर्यटकीय गतिविधि तथा सेवा प्रवाह सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !