स्थानीय बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्यमा ठूलो वृद्धि देखिँदा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ ।
यस वृद्धिसँगै सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंसिर २९ गते प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको मूल्य नै हालसम्मकै उच्च मानिँदै आएको थियो । सोमबारको मूल्यले सो रेकर्डलाई उछिनेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि ऐतिहासिक वृद्धि देखिएको छ । आज चाँदीको भाउ प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च भएको बताइएको छ ।










