स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा भइरहेको छ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो। उक्त दिन सुनको भाउ ३ हजार १ सय रुपैयाँले बढेको थियो।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले वृद्धि भई आज प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अनुसार यो मूल्य हालसम्मकै उच्च स्तर हो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, माग–आपूर्ति अवस्था तथा मुद्रा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !