नेपाल टेलिकमले ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर सार्वजनिक गरेको छ। यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका प्याकेजहरू सेवाग्राहीबाट निकै रुचाइएकाले तिनै प्याकेजलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
विन्टर अफरअन्तर्गत एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक तथा अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टलसहितको पोस्टपेड प्याकेज तथा सोसल मिडिया प्याकेज यथावत उपलब्ध छन्।यसैगरी, एड–अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज, नमस्ते वाइफाई प्रयोगकर्ताका लागि बन्डल प्याकेज तथा एफटीटीएच अन्तर्गतका प्याकेजहरू पनि निरन्तर उपलब्ध रहनेछन्।
नेपाल टेलिकमले पोस्टपेड मोबाइलमा उपलब्ध गराउँदै आएको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ (स्वतः नवीकरण हुने) प्याकेजका रूपमा निरन्तरता दिएको छ। यसअनुसार प्रयोगकर्ताले प्रत्येक महिना नवीकरण गर्नुपर्ने झन्झट नहुने र प्याकेज स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ। यसअघि 14152*4# डायल गरेर मात्र लिन सकिने यो प्याकेज अब ‘नेपाल टेलिकम’ मोबाइल एप तथा कम्पनीको वेबसाइटमार्फत पनि लिन सकिनेछ।विन्टर अफरअन्तर्गतका प्याकेजहरू मिति २०८२ माघ ११ गतेदेखि लागू भइसकेका छन् र आगामी ९० दिनसम्म उपलब्ध रहनेछन्। विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्न सक्नेछन्। साथै, ‘नेपाल टेलिकम’ एप तथा कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीले ग्राहकवर्गको आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको विन्टर अफर आकर्षक र उपयोगी हुने विश्वास व्यक्त गरेको छ।










