बोश होम एप्लायन्सेसले नेपालका लागि चर्चित मोडल, उद्यमी तथा सार्वजनिक व्यक्तित्व अस्मी श्रेष्ठ लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।

मिस नेपाल वर्ल्ड २०१६ को उपाधि जितेकी तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी अस्मी फेसन, ब्रान्ड एन्डोर्समेन्ट र उद्यमशीलताको क्षेत्रमा स्थापित नाम हुन्। उनी Asmi Shrestha Interiors की संस्थापकसमेत हुन्, जहाँ उनले सिर्जनशीलता, डिजाइन र आधुनिक जीवनशैलीप्रतिको आफ्नो दृष्टिकोणलाई व्यवसायमार्फत अघि बढाइरहेकी छन्। जीवनशैली, फेसन, सौन्दर्य तथा विभिन्न व्यावसायिक अभियानहरूमा उनको प्रभावशाली उपस्थितिले उनलाई नेपालकी विश्वसनीय र प्रभावशाली सार्वजनिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ।

बोश होम एप्लायन्सेसका अनुसार अस्मीसँगको सहकार्य ब्रान्डको प्रिमियम गुणस्तर, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र भरपर्दो कार्यसम्पादनप्रतिको प्रतिबद्धतासँग पूर्ण रूपमा मेल खान्छ। आधुनिक नेपाली घरपरिवारको आवश्यकता र आकांक्षालाई प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा अस्मीले शैली र कार्यक्षमताको सन्तुलनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ।

यस साझेदारीमार्फत बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो ब्रान्ड उपस्थितिलाई थप सुदृढ गर्दै प्रिमियम, भरपर्दो र आकर्षक डिजाइनयुक्त घरेलु उपकरण खोज्ने उपभोक्तासँग अझ नजिकिने लक्ष्य राखेको जनाएको छ।

विश्वका अग्रणी घरेलु उपकरण ब्रान्डहरूमध्ये एक बोश होम एप्लायन्सेसले जर्मन इन्जिनियरिङ, नवीन प्रविधि, दीर्घकालीन गुणस्तर र दिगो डिजाइनमा आधारित उत्पादन उपलब्ध गराउँदै आएको छ। नेपालमा कम्पनीले फ्रन्ट–लोड वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर तथा बिल्ट–इन किचन एप्लायन्सेसमा विशेष ध्यान केन्द्रित गरेको छ। दक्षता, टिकाउपन र सहज प्रयोगलाई प्राथमिकतामा राखेर विकसित गरिएका बोशका उत्पादनहरूले आधुनिक नेपाली घरपरिवारको दैनिक जीवनलाई अझ स्मार्ट, सुविधाजनक र दिगो बनाउन योगदान पुर्‍याउने विश्वास कम्पनीको छ।

प्रतिक्रिया दिनुहोस !