बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक हजार ८१३ जना सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने ११९ जना तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनामाथि कारबाही गरिएको हो।

यस्तै, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ११० जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !