देशका ६० भन्दा बढी जिल्लामा आगामी केही दिन आकस्मिक बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार असोज ८ देखि १२ गतेसम्म कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित प्रमुख नदी प्रणालीमा जलसतह बढ्न सक्नेछ।

विशेषगरी असोज ९ गतेदेखि धेरै नदीमा बहाव तीव्र रूपमा बढ्ने र साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाइएको छ। काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका दर्जनौं जिल्ला जोखिममा छन्।

लगातार वर्षा भए पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको आकस्मिक बाढी र तराई तथा सहरी क्षेत्रमा डुबानको जोखिम थप बढ्न सक्ने महाशाखाले जनाएको छ। नदी किनार, खोला आसपास र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस !