सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय क्षेत्र दिङबुचेमा भारी हिमपात भएको छ । मौसममा अचानक परिवर्तन आएपछि उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो ।
हिमपातसँगै उक्त क्षेत्रमा चिसो अत्यधिक बढेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
मौसममा सुधार आउन अझै केही दिन लाग्न सक्ने भएकाले प्राधिकरणले हिमाली क्षेत्रमा पदयात्रामा नजान पर्यटक तथा सर्वसाधारणलाई आग्रह गरेको छ । पदयात्राका क्रममा हिमाली क्षेत्रमा पुगिसकेकाहरूलाई पनि मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा बस्न प्राधिकरणले अनुरोध गरेको छ ।










