प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूले आज सामूहिक रूपमा भेट गर्ने भएका छन्। उक्त भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो हुने तय भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा हुने यस भेटमा प्रधानमन्त्री शाहले राजदूतहरूलाई संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार आजको सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। उनले मर्यादित कूटनीति र बलियो नेपालको सन्देश प्रवाह गर्ने उद्देश्यसहित भेट हुन लागेको बताएका छन्।










