महालेखा परीक्षकको कार्यालय ले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार सरकारको कुल बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

महालेखाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँबराबरको लेखापरीक्षण गरिएको थियो । जसमा कुल बेरुजु ८८ अर्ब ९ करोड रुपैयाँ देखिएको छ । प्रतिवेदनअनुसार संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेश सरकारी कार्यालयतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड तथा समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड रुपैयाँ बेरुजु रहेको छ ।गत वर्षसम्मको बेरुजुमध्ये ६६ अर्ब ११ करोड रुपैयाँ सम्परीक्षण तथा समायोजन भई बाँकी बेरुजु तथा चालु वर्षको बेरुजुसमेत जोड्दा अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यस अवधिमा विगतको बेरुजुको सम्परीक्षण र चालु वर्ष औंल्याइएको बेहोराको फर्स्योटबाट १४ अर्ब ६३ करोड रुपैयाँ असुल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !