टिप्ताला नाका पुग्न ओलाङचुङ गोलाबाट करिब २४ किलोमिटर दूरी पार गर्नुपर्छ। नेपाल–चीन सीमामा अवस्थित यो नाका रणनीतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिन्छ। स्थानीयका अनुसार करिब चार दशकअघि निर्माण गरिएको भन्सार कार्यालयको भवन हाल जीर्ण अवस्थामा पुगेको छ, जसले सेवा प्रवाहमा भौतिक चुनौती थपेको छ।
वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण, कार्यालय स्तरोन्नति तथा आवश्यक उपकरण व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गरिएको जानकारी दिएका छन्। यसैबीच, भन्सार कार्यालयमा स्थायी कर्मचारी खटाउनुपर्ने माग गर्दै स्थानीय युवा तथा जेनजी अभियन्ताहरूले विभागीय तहमा दबाब बढाउँदै आएका छन्।
स्थानीयवासीले सडक सञ्जाल विस्तारसँगै नाका पुनः सक्रिय हुँदा सीमापार व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्।










