वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा आयात १५ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा कुल रु ७ खर्ब ९४ अर्ब ८७ करोड बराबरका वस्तु तथा सामग्री भित्रिएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब रु १ खर्ब २ अर्ब ४४ करोड बढी हो। भन्सार कार्यालयका अनुसार आयात वृद्धिको प्रमुख कारण पेट्रोलियम पदार्थ, फलामजन्य सामग्री तथा औद्योगिक मेसिनरीको बढ्दो माग हो। सोही अवधिमा पाँच प्रकारका पेट्रोलियम पदार्थ मात्रै रु १ खर्ब ८१ अर्ब ७० करोड बराबर आयात भएका छन्। त्यसैगरी फलाम तथा फलामजन्य सामग्री रु ६९ अर्ब ४२ करोड, मेसिनरी तथा पार्टपुर्जा रु ५७ अर्ब ६६ करोड, र भटमासको कच्चा तेल रु ५५ अर्ब ७ करोड बराबर आयात भएको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस !