चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको आयात चार खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले वृद्धि भएको हो।

यस अवधिमा नेपालले ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। निर्यात गत वर्षको तुलनामा ६१.८६ प्रतिशतले बढेको विभागको तथ्यांक छ। आयात र निर्यातबीचको ठूलो अन्तरका कारण दुई महिनामै नेपालको व्यापार घाटा तीन खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा व्यापार घाटा २६.०२ प्रतिशतले बढेको हो। भदौ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार चार खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ३५.६४ प्रतिशत बढी हो।

यस अवधिमा नेपालले १२६ देशसँग वैदेशिक व्यापार गरेको छ। तीमध्ये २७ देशसँग व्यापार नाफामा रहेको छ भने ९९ देशसँग व्यापार घाटामा रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !