देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुने क्रम जारी छ। प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडक प्रभावित भएका छन्।

रसुवाको मुख्य राजमार्ग भदौ १० गतेदेखि नै पूर्ण रूपमा बन्द छ। म्याग्दीको रघुगंगा–२ बैसरीस्थित बेनी–जोमसोम सडकमा पनि पहिरोका कारण अवरोध हट्न सकेको छैन।

मनाङको खाङसार–बेंसीसहर सडक भने एकतर्फी सञ्चालनमा आएको छ। यस्तै, नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेकाले ठूला सवारीसाधन चल्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस !