लिसँखुपाखर गाउँपालिकाले उधमशील बन्न चाहने बेरोजगार तथा विपन्न नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत उद्यमव्यवसाय कर्जा प्रदान गर्ने भएको छ । उद्यमीले आर्थिक शसक्तिकरणमार्फत गाउँपालिकालाई कृषि, पशुपंक्षीपालन तथा लघु, घरेलु उद्योगजन्य उत्पादनलगायत निर्यातयोग्य सामग्री गाउँपालिकामा उत्पादन गरी समग्र गाउँपालिकाकोे आर्थिक सामाजिक विकासमा टेवा पु¥र्याउन लिसँखुपाखर गाउँपालिका र नेपाल बंैक केन्द्रीय कार्यालयबीच यही मङ्गलबार सम्झौता गरेको छ । गाउँपालिका र बैंकबीच सम्झौताले गाउँवासीमा खुशी छाएको छ ।

व्यावसायिक हुने आँट भएका तर आर्थिक अभावमा भौतारीएका लिसँखुपाखरका स्थानीयका लागि साह्रै सुखद् खबर भएको गाउँपालिका अध्यक्ष कमल नेपालले बताउनुभयो । पालिकाभित्र हरेक वडाका लक्षित नागरिकमध्ये अति आवश्यक र गर्न सक्ने दुवै विषय समेटेर काम अगाडि बढाइने नेपालले बताउनुभयो । पालीकाका कोही पनि नागरिक बेरोजगार रहन नपरोस्, सबैले रोजगार पाउँन् र सबै आत्मनिर्भर बन्न सकुन् भन्दै गत वर्षदेखि यस्तो कार्यक्रमको शुरुआत गरिएको गाउँपालिकाले जनाएको छ । आर्थिक अभावले गर्दा उद्योग व्यवसाय गर्नबाट बञ्चित भएका युवाका लागि गाउँपालिकाले राम्रो कार्यको थालनी गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताउनुभयो । यो कार्यक्रमले खेती किसान र पशुपालकलाई समेत धेरै सहज भएको दुलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !