सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ५ का वडाध्यक्ष ३९ वर्षीय नीमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकामा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।