
सिरानचोक गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
‘उहाँमा रुघा खोकीको समस्या देखियो, अनि पिसिआर गराएका थियौं,’ उनले भने, ‘पोजेटिभ रिर्पोट प्राप्त भएको छ । त्यसैले अहिले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं ।’ यो वीचमा उनको सम्र्पकमा आएका हुनसक्ने मानिसहरुको पहिचान गरी कन्ट्याक्ट टे«सिङ गर्ने गाउँपालिकाको तयारी छ । उक्त रिर्पोट प्राप्त नहुँदासम्म सबैलाई संयमित भइदिन आग्रह गरिएको छ । गाउँपालिकाका सबै कर्मचारी र जनप्रतिनिधि होमक्वारेन्टिनमा बस्ने बताइएको छ ।
यसैवीच वडा नम्बर ३ हर्मीको कार्यालय पनि बन्द गरिएको वडा सचिव अजिता राईले बताईन ।
ती कर्मचारीको घर रहेको घिमिरे गाउँ क्षेत्र सिल गरिएको छ ‘पूर्वमा वडा नम्बर ३ र ५ को सिमाना ९पहिरे खोला०, पश्चिममा सापकोटागाउँ, कालढुङ्गासम्म, उत्तरमा नवलपूर र दक्षिणमा बुढिखोलासम्म सिल गरिएको छ,’ उनले भनिन्, ‘अत्यावश्यक बाहेकका काममा हिडडुल नगर्न, घरैमा सुरक्षित साथ बसिदिन सम्र्पूणमा आग्रह गर्दछु ।’ यसैगरी गाउँपालिकाको केन्द्र रहेको चित्रे पोखरी क्षेत्र पनि सिल गरिएको वडा नम्बर ५ ले जनाएको छ । संक्रमित कर्मचारीलाई गोरखा क्याम्पसको आइसोलेशनमा ल्याइएको छ ।