प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बडा दशैँका अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्नुहुँदै कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सजग भई दशैँ चाड मनाउन आग्रह गर्नुभएको छ ।

उहाँले कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको वर्तमान अवस्थामा सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा अपनाई पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !