गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गाँउपालिकाको सबै सेवा अर्काे सूचना नआएसम्मको लागि बन्द गरिएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले बताउनु भयो ।

एक जना कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गरेर प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए ।

साथै गाउँपालिकामा कात्तिक २ गतेदेखि ६ गते सम्म सेवा लिन पुगेका सेवाग्राहीलाई सावधानी अपनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !