प्रदेश राजधानी वीरेन्द्रनगरको अस्तव्यस्त पार्किङलाई अब व्यवस्थापन गरिने भएको छ । नगरपालिकाले मुख्य बजारका तीन स्थानलाई पार्किङ क्षेत्रका रुपमा विकास गर्ने भएको हो । नगरपालिकाका अनुसार मङ्गलगढीस्थित अस्थायी बसपार्क, नेपाल राष्ट्रिय मावि स्कूल नजिक र घण्टाघरदेखि दक्षिणतर्फको खाली स्थानलाई पार्किङ क्षेत्रका रुपमा विकास गर्न लागिएको छ ।

सिटी बसपार्क सञ्चालनमा आइसकेपछि मङ्गलगढीमा हाल प्रयोगमा आइरहेको बसपार्क खाली हुनेछ । जहाँ बजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्न नगरपालिकालाई सहज हुनेछ । नगरप्रमुख देवकुमार सुवेदीले सवारी चाप बढेसँगै मुख्य बजार क्षेत्रमा पार्किङको समस्या देखिएको बताउनुभयो । सुर्खेत उपत्यका नगर विकास समितिका नाउँमा रहेका ती जग्गा नगरपालिकाले पार्किङ क्षेत्रका रुपमा भोगचलन गर्ने गरी तयारीमा जुटेको बताउँदै उहाँले भन्नुभयो, “बजार प्रवेश गर्ने साना सवारीको पार्किङले बजार क्षेत्र खुला, व्यवस्थित र सुन्दर देखिनेछ ।”

प्रतिक्रिया दिनुहोस !