साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच सोमबार दिन चौपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमीव्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गरिदिने र दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपणलगायतका बैंकमा कर्जाका लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमीव्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ।

यसले स्थानीयस्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा बिस्तारमा सहयोग पुग्नुका साथै उद्यमीहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ। मेगा क्यापिटल लिमिटेडका सिईओ सबिर बादे श्रेष्ठ, मेगा बैंकका एसएमई बैंकिङ्ग हेड जनक भट्टराई, ज्वालामुखी गाँउपालिका धादिङ्गका प्रमुख विनोदराज तिमल्सिना, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले सहमती पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !