गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई पशुपालनमा अनुदान बितरण गरेको छ । ब्यवशायिक दुग्ध उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले जर्सी गाई र उन्नत जातको दुधालु भैँसी बितरण गरेको गाउँपालिकाका अध्यक्ष पूणर्बहादुर दाहालले बताए ।
‘आरुघाट बजारमा दुग्ध सहकारी संचालन गरेर किसानलाई ब्यवशायिक पशुपालन र दुग्ध उत्पादनमा सघाउने उद्देश्यले अनुदान बितरण गरेका छौँु उनले भने । पशुबस्तुको अनुदान दिँदा खरिद गरेर ल्याएको प्रमाण पेश गरेपछि ५० प्रतिशतसम्म दिने गरेको उनले बताए । अनुदान लिन चाहने किसानसँग वडा मार्फत गाउँपालिकाले आवेदन माग गरेको थियो । किसानलाई रकम दिँदा दुरुपयोग हुन सक्ने आशंकामा गाउँपालिकाले अनुदान पाउने पशुबस्तु खरिद गरेर ल्याएपछि मात्रै दिने गरेको जनाएको छ ।
आईतबार सात जना किसानलाई दुहुनो भैँसी बितरण गरिएको गाउँपालिका पशु शाखा प्रमुख इन्द्रहरी खनालले बताए । फर्म दर्ता गरेर ब्यवशायिक दुग्ध उत्पादनमा लागेका १६ जनालाई यो वर्ष भैँसी बितरण योजना पालिकाको छ । ‘अधिकतम ५० हजारसम्म किसानलाई अनुदान दिएका छौँु उनले भने । बाँकी भैँसी केहीदिन भित्र आउनेछ । कोभिड १९ का कारण रोजगारी गुमाएर फर्किएकाहरुलाई लक्षित गरी पशुपालन र कृषिमा अनुदान बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यसअघि शुक्रवार गाउँपालिकाले किसानलाई छवटा जर्सी गाई बाँडेको थियो । ५० हजार अनुदानमा १० जना किसानलाई गाई बितरण गर्ने लक्ष्य रहेको पशु शाखाका प्रमुख खनालले बताए । ‘यस अघि ५० वटा पडा किसानलाई प्रतिपाडा २० हजार अनुदानमा बितरण गरिसकेका छौँु उनले भने । सात वटा उन्नत जातको राँगा पनि बितरण गरिएको थियो । राँगामा पनि गाउँपालिकाले नगद ५० हजार सम्म किसानलाई अनुदान दिएको छ । २५ वटा बोका बितरणको कार्यक्रम चालु वर्ष भित्रै गर्ने योजना रहेको पशु शाखा प्रमुख इन्द्रहरी खनालले बताए ।
अनुदान बितरण गर्दा गत वर्ष गाउँपालिकाबाट लाभ लिएका, प्रदेश सरकारबाट अनुदान पाएकालाई यसपटक अनुदान नदिएको गाउँपालिकाले जनाएको छ । ‘हामीले दोहोरो अनुदान दिएका छैनौँु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले भने ‘ब्यवशायिक रुपमा शक्रिय किसानलाई अनुदानमा पहिलो प्राथमिकता दिएका छौँ ।
आरुघाट बजारमा दुग्ध उत्पादन सहकारी संचालन गर्ने र किसानको दूध स्थानीय बजारमा खपत गराउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष पूणर्बहादुर दाहालले बताए । किसानले ५६ जना सदस्य रहेको आरुघाट कृषि तथा दुग्ध उत्पादन सहकारी गठन गरेका छन् । चैत १ गतेदेखि सहकारीले दुग्ध उत्पादन सुरु गर्ने सहकारीका अध्यक्ष पदमप्रसाद खनालले बताए । सहकारी संचालनका लागि गाउँपालिकाले चालु वर्ष १७ लाख र गण्डकी प्रदेस सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको अध्यक्ष खनालले बताए ।
हामीले चैत १ गतेदेखि प्याकिङ सुरु गर्ने योजना बनाएका छौँु उनले भने । एक हजार लिटर सम्म दुध उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको र स्थानीय बजारमा बिक्री नभएको दुध अन्यत्र पठाउने योजना रहेको उनले बताए ।