ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४८ सरकारी विद्यालयमा रु चार करोड ५६ लाख ५० हजार बजेट विनियोजन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७–७८ का लागि ताप्लेजुङका ती विद्यालय छनोटमा परेका हुन् । आठराई त्रिवेणी गाउँपालिकाका–११ सामुदायिक विद्यालयमा रु दुई करोड एक लाख विनियोजन भएको छ । फुगुवा आरभूत विद्यालय, छातेढुङ्गा आधारभूत र जालपा देवी आधारभूत विद्यालयका लागि शिक्षामा नवीन प्रविधि प्रवद्र्धन गर्नका लागि रु १९ लाख ५० हजार विनियोजन भएको छ । सरस्वती माध्यमिक र नमूना आधारभूत विद्यालयमा सिकाइ सामग्री खरीद गर्नका लागि रु १३ लाख तथा त्रिपुरेश्वर शान्ति आधारभूत र परमसिंहदेवी माध्यमिक विद्यालयमा कक्षाकोठ निर्माण गर्नका लागि रु ५४ लाख विनियोजन भएको छ । दुर्गा र गुप्तेश्वर माध्यमिक विद्यालयमा शौचालय तथा खाने पानीका लागि रु १४ लाख विनियोजन भएको उल्लेख छ । फुङ्लिङ नगरपालिकामा भानु जनमाध्यमिक र जनता माध्यमिक विद्यालयममा खानेपानीसहित शौचालय निर्माणका लागि सात लाखका दरले रु १४ लाख विनियोजन भएको मन्त्रलयले जनाएको छ । वीरेन्द्र माध्यमिक विद्यालयमा कम्प्युटर खरीदका लागि छ लाख ५० हजार रकम विनियोजन भएको छ । मयेम माध्यमिक विद्यालय र मेवाराज आधारभूत विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धनका लागि रु १४ लाख विनियोजन भएको छ । बाल सुबोधिनी संकृत माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माण गर्न रु १८ लाख विनियोजन भएको छ । मेरिङदेन गाउँपालिकामा दुई वटा विद्यालय छनोटमा परेको छ ।

सिंहकाली आधारभूत विद्यालयमा शिक्षामा नवीन प्रविधिको प्रवद्र्धन गर्नका लागि छ लाख ५० हजार विनियोजन भएको छ । पृथ्वी माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माणका लागि रु १८ लाख विनियोजन भएको छ । मैवाखोला गाउँपालिकामा चार विद्यालय छनोटमा परेका छन् । मैवाखोला माध्यमिक विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धन गर्नका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । सरसुवती आधारभूत विद्यालयमा कम्प्युटर खरीदका लागि रु छ लाख ५० हजार, ठोट्ने आधारभूत विद्यालयमा भौतिक पूर्वाधार तथा शैक्षिक विकासका लागि रु ५० लाख र पाटी डाँडा माध्यमिक विद्यालयमा पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । पाथीभरायाङवरक गाउँपालिकामा छ विद्यालय छनोटमा परेका छन् । जसमा रु ४६ लाख विनियोजन भएको छ । कालिका माध्यमिक, शारदा माध्यमिक, हिमालय आधारभूत र कुम्भकर्ण आधारभूत विद्यालयमा कम्प्युटर खरीदका लागि रु ३२ लाख ५० हजार विनियोजन भएको छ । थेचम्बु माध्यमिक विद्यालयमा सिकाइ सामग्री उपलब्ध तथा अधिवृद्धिका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । पानी धारासहितको शौचालय सिरस्वस्ती आधारभूत विद्यालयमा रु सात लाख विनियोजन भएको छ । शिदिङवा गाउँपालिकामा छ विद्यालय छनोटमा परेका छन । ती विद्यालयका लागि रु ४५ लाख विनियोजन भएको छ । भञ्ज्याङ माध्यमिक र सिदिङवा आधारभूत विद्यालयमा खाने पानीसहित शौचालय निमार्णका लागि रु १४ लाख तथा सिंहदेवी आधारभूत विद्यालयमा शिक्षामा नवीन प्रविधिको प्रवद्र्धन गर्न रु छ लाख ५० हजार विनियोजन भएको छ । नीलगिरि माध्यमिक विद्यालयको कक्षाकोठा निर्माणका लागि रु १८ लाख र सिद्देश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री खरीदका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । सिरिजङ्घा गाउँपालिकामा पाँच विद्यालय छनोटमा परेका छन् । ती विद्यालयका रु ५६ लाख विनियोजन भएको छ । सिनाम माध्यमिक र सरस्वती माध्यमिक विद्यालयमा कक्षाकोठा निर्माणका लागि रु ३६ लाख र कञ्चनजङ्घा माध्यमिक विद्यालयमा सिकाइ सामग्री खरीद गर्नका लागि रु छ लाख ५० हजार विनियोजन भएको छ । गणेश माध्यमिक विद्यालयमा शिक्षामा नवीन प्रविधि प्रवद्र्धन गर्नका लागि रु छ लाख ५० हजार तथा अवेगुदिन माध्यमिक विद्यालय खानेपानी र शौचालयका लागि रु सात लाख विनियोजन भएको छ । फक्ताङलुङ गाउँपालिकामा ४० विद्यालयमध्ये एउटा विद्यालय मात्र छनोटमा परेको छ । खेजिनिम आधारभूत विद्यालयको कक्षा कोठा निर्माणको लागि १८ लाख विनियोजन भएको छ । ताप्लेजुङ जिल्लामा सामुदायिक विद्यालय ३३१ सञ्चालनमा छन् । यहाँका विद्यालयमा ३३ हजार ९७५ विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा समन्वय एकाइको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !