३० बैशाखमा हुने स्थानीय निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुदैँ छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भन्दै मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारहरुलाई आग्रह गरेको हो ।
मौन अवधि भर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारको सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगले भनेको छ ।
यस्तै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश,सूचना वा प्रचारप्रसार सामग्री पोष्ट सेयर गर्न वा गराउन पाइने छैन।
आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरितका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न पनि सबैमा आग्रह गरेको छ ।
यस्तै मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाईने छैन् ।

 

प्रतिक्रिया दिनुहोस !