अरुण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका शालिकराम खत्री र विनिता ढकाल निर्वाचित भएका छन् । खत्रीले ४०३ मतान्तरसहित एमालेका नारायणप्रसाद घिमिरेलाई जितेका हुन् ।

खत्रीले २ हजार ८८७ मत पाए भने नेकपा एमालेका नारायणप्रसाद घिमिरेले २ हजार ४२४ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा ढकालले ३ हजार मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता राईले २५४४ मत ल्याइन् । ढकाल निवर्तमान उपाध्यक्ष हुन् ।

अघिल्लो चुनावमा पनि यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस !