नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा अर्जुन न्यौपाने विजयी भएका छन् । किस्पाङमा एमाले र माओवादीबीचको तालमेलले नेपाली कांग्रेसलाई पराजित गराएको छ ।

अध्यक्षमा वीरबल तामाङले ३ हजार ६३८ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका छत्र लामाले ३ हजार ४ सय ५२ मत पाएर पराजित भएका थिए । अध्यक्ष तामाङले १ सय ८६ मतले लामालाई पराजित गराए ।

यसैगरी उपाध्यक्षमा न्यौपानेले ३ हजार ७ सय १२ मत ल्याई कांग्रेसकी दिलकुमारी मोक्तानलाई पराजित गराए । मोक्तानले ३ हजार १७७ मत ल्याएकी थिइन् । ५ सय ३५ को मतान्तरले उपाध्यक्षमा न्यौपाने विजयी भएका थिए ।

किस्पाङ गाउँपालिकाको १, ४ र ५ वडामा कांग्रेस, २ र ३ वडामा माओवादी केन्द्रले जितको छ ।

प्रतिक्रिया दिनुहोस !