विजयी भएका बुढाथोकीले ७ हजार ४ सय ६६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनले ४ हजार ७ सय २० मत ल्याएका थिए ।

यस्तै नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य विजयी भएका छन् । कांग्रेसबाटै बागी उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई १ हजार ५ सय ५५ मतले पछि पार्दै आचार्य विजयी भएका हुन् । आचार्यले ५ हजार ७ सय ३५ मत ल्याएका थिए भने कांग्रेसकै बागी उमेदवार विष्टले ४ हजार १ सय ८० मत ल्याएका थिए ।

बन्गाड कुपिण्डे नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमाले राप्रपासँग मिलेर निर्वाचनमा होमिएको थियो । नगरप्रमुख र उपप्रमुखमा सुरुवातमा प्रतिस्पर्धा भए पनि पछिल्लो समयमा गठबन्धन टिमले एक हजारभन्दा बढी मत फरक पार्दै आएको थियो ।

०७४ को स्थानीय निर्वाचनमा बन्गाडकुपिण्डे नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष रहेका गोविन्दकुमार पुन र माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा भएको थियो । बुढाथोकी ९३ मतान्तरले पराजित भएका थिए । ०७४ मा भएको निर्वाचनमा एमालेका गोविन्दकुमार पुनले ५ हजार ७७ मत ल्याएका थिए भने माओवादी केन्द्रबाट बुढाथोकीले ४ हजार ९ सय ८४ मत ल्याएका थिए ।

उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टीका अध्यक्ष रहेका पुनले उपप्रमुख पदमा उम्मेदवारी दिएकी एक महिलालाई कुनै जानकारी नै नगराई आफूखुसी उम्मेदवारी फिर्ता गरिदिएका कारण रुष्ट भएका एमाले नेता/कार्यकर्ताकै कारण भारी मतान्तरमा पुनले पराजित हुनु परेको स्थानीय नन्दराम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस !