
रुपन्देहीको शुद्वोधन गाउँपालिका अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल ७ हजार ९ सय ८३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका एमालेका किशुन चन्द्र चौधरीले ६ हजार २ सय ७० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली ६ हजार ६ सय ८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फका माओवादीकी सारदा भुषालले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन् ।
शुद्धोधनको वडा नम्बर १ मा जसपाका उदयराज गडेरिया, २ मा कांग्रेसका कमल खड्का क्षेत्री, ३ मा एमालेका हेमबहादुर खड्का विजयी भए । वडा नम्बर ४ मा कांग्रेसका केशव प्रसाद अधिकारी, ५ मा कांग्रेसका चन्द्रमान चौधरी, ६ मा कांग्रेसका उपेन्द्र सहानी र ७ मा कांग्रेसकै भिम बहादुर यादव विजयी भए ।