
एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का दिपनारायण मण्डल र महजबी खातुन निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित मण्डलले ४ हजार ४ सय ९९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका रामछविला साहले २ हजार ४ सय ११ मत प्राप्त गरेका छन् ।
साह निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । तत्कालीन राजपाबाट निर्वाचित साह पार्टी फुटेपछि लोसपामा थिए । गाउँपालिका उपप्रमुखमा भने पुन महजबी खातुन निर्वाचित भएकी छिन् ।
तत्कालिन राजपाबाटै निर्वाचित खातुन भने अहिले जसपाबाट निर्वाचित भएकी हुन् । उनले ४ हजार ६ सय ७१ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी लोसपाकी रौकसाना खातुनले २ हजार ७६७ मत प्राप्त गरकी छिन् ।