
बाराको बारागढी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार जयसबाल ५ हजार ४ सय २६ मत ल्याई विजयी भएका छन् ।
जयसबाललाई उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिएका वृजकिशोर प्रसादलाई २ हजार ३ सय ८४ मतान्तरले पराजित गरेका हुन् । पराजित भएका वृजकिशोर प्रसादले ३ हजार ४२ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीकी उम्मेदवार लक्ष्मीदेवी राय ४ हजार ३ सय ६६ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार कलाउनी थरुनीले ३ हजार ६ सय २१ मत ल्याएकी छन् ।