
अन्नपूर्ण केवलकार एक साता बन्द रहने भएको छ । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार आजबाट एक हप्ता बन्द हुने भएको हो ।
केवलकारको नियमित मर्मत सम्भारको लागि बन्द गर्न लागिएको सञ्चालकले एक विज्ञप्ति जारी गर्दै बताएका छन् । उक्त विज्ञप्तिका अनुसार केवलकार श्रावण ६ गते सम्म बन्द रहने छ ।
साथै, केवलकार श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने व्यहोरा बताईएको छ ।